Tuesday, December 1, 2009

देउराली


देउराली लाई साक्षी राखी माया प्रिती गासेका थियौ
जनम जनम नछुटिने बाचा कसम खाएका थियौ
कहीले आयो पापी हुरी उडाइ लाग्यो हाम्रो माया
अन्धकारमा खोजी बसे तिम्रो माया तिम्रो छाया
अझै आउछ झल्को मलाई देउरालीको बाचा कसम
सपना मेरो सपनै रह्यो बन्न पाइन तिम्रो खसम
आधी हुरी मेरो लागि जिन्दिगीको खेल भयो
तिम्रो माया मेरो लागि साउनको भेल भयो
बाटो भरी आँखा बिछाइ आझै आशा गरेकै छु
एक निमासले कालिकाको बाटो सधैं हेरेकै छु
कहीले झल्को को देउरालीको कहीले कालिकाको
याद आउछ छाती भरी माया प्रिती लाको
तिम्रोलागी जुनी भरी माया साँची राखौला
म्रुत्यु सँग ढाँटी ढाँटी तिम्रो लागि बाँचौला।।
तिम्रो लागि बाँचौला---------------।।

-देवराज श्रेष्ठ

No comments:

Post a Comment