Sunday, February 7, 2010
Monday, December 7, 2009
बटुवा
पाईला मेटिएको डुंगा हुँ म आँसुको सागरमा तैरिनु पर्यो।
खुशी हराएको बटुवा हुँ म दोधारमा पारी बाँच्नु पर्यो।
खुशी यहाँ छिपिदिदा एकान्तमा बसी तड्पिनु पर्यो।
भावना यहाँ पोखिदिदा बिना आगो जल्नु पर्यो।
तिमीलाई बिर्सु भने चोट लाग्छ आँशु बनी झर्नु पर्यो।
तड्पाई दिने तिम्रो यादलाई एउटा चोट सम्झनु पर्यो।
किन तिमी आँफै जल्छौ धुँवा तिमीले देखाउनु पर्यो।
माया त एउटा सम्झौता हो बसन्त बनी फुल्नु पर्यो।

Tuesday, December 1, 2009
देउराली

देउराली लाई साक्षी राखी माया प्रिती गासेका थियौ
जनम जनम नछुटिने बाचा कसम खाएका थियौ
कहीले आयो पापी हुरी उडाइ लाग्यो हाम्रो माया
अन्धकारमा खोजी बसे तिम्रो माया तिम्रो छाया
अझै आउछ झल्को मलाई देउरालीको बाचा कसम
सपना मेरो सपनै रह्यो बन्न पाइन तिम्रो खसम
आधी हुरी मेरो लागि जिन्दिगीको खेल भयो
तिम्रो माया मेरो लागि साउनको भेल भयो
बाटो भरी आँखा बिछाइ आझै आशा गरेकै छु
एक निमासले कालिकाको बाटो सधैं हेरेकै छु
कहीले झल्को को देउरालीको कहीले कालिकाको
याद आउछ छाती भरी माया प्रिती लाको
तिम्रोलागी जुनी भरी माया साँची राखौला
म्रुत्यु सँग ढाँटी ढाँटी तिम्रो लागि बाँचौला।।
तिम्रो लागि बाँचौला---------------।।
-देवराज श्रेष्ठ
मनका कुरा
Subscribe to:
Posts (Atom)